३६ वर्षपछि अर्जेन्टिना विश्व च्याम्पियन हुन सफल - World cup 2022 - Reporters7

Breaking

Post Top Ad

 


Monday, December 19, 2022

३६ वर्षपछि अर्जेन्टिना विश्व च्याम्पियन हुन सफल - World cup 2022

 


पोखरा, सन् २०२२ को विश्वकप फुटबलको उपाधि अर्जेन्टिनाले पाएको छ ।

कतारमा भएको विश्वकप फुटबलको फाइनलमा फ्रान्सलाई पेनाल्टीमा ४–२ ले हराउँदै अर्जेन्टिना उपाधि विजेता भएको हो ।

निर्धारित तथा थपिएको समयमा ३–३ को बराबरी भएपछि पेनाल्टी शूटआउटमा विश्वकप छिनोफानो भएको हो ।

पेनाल्टीमा फ्रान्सले दुई मौका गुमाउँदा अर्जेन्टिनालाई विश्वकप ट्रफी उचाल्ने मौका मिल्यो । अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकप उपाधि उचालेको हो ।

पहिलो हाफमा दुई गोल गरेको अर्जेन्टिना विरुद्ध दोस्रो हाफमा फ्रान्स चम्कियो ।

फाइनलमा फ्रान्सका किलियन एम्बापेको ह्याट्रिक गरे । उनले ८०, ८१ र ११८ औं मिनेटमा गोल गरे ।

खेलको २२ औं मिनेटमा अर्जेन्टिनाका कप्तान लिओनल मेस्सीले पेनाल्टीमा गोल गरेर अग्रता लिएका थिए । उनले १०८ औं मिनेटमा अर्को गोल गरेका थिए ।

३६ औं मिनेटमा अर्जेन्टिनाको एन्जेल डी मारियाले अर्को गोल थपेका थिए ।

No comments:

Post a Comment