विद्यालयबाट कम्प्युटर, प्रिन्टरहरू लगायतका सामान चोरी गर्ने ७ जना पक्राउ - R seven - Reporters7

Breaking

Post Top Ad

 


Saturday, December 17, 2022

विद्यालयबाट कम्प्युटर, प्रिन्टरहरू लगायतका सामान चोरी गर्ने ७ जना पक्राउ - R seven

सांकेतिक तस्विर 

स्याङ्जा । विद्यालयबाट कम्प्युटर, प्रिन्टरहरू, प्रोजेक्टर लगायतका सामाग्रीहरू चोरी गरी पोखरा ल्याई बेच्ने एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

फेदीखोला-४ तल्लाचौरस्थित आरुखर्क आधारभूत बिद्यालय र राम्चेदेवी आधारभूत बिद्यालयबाट कम्प्युटर, प्रिन्टरहरू, प्रोजेक्टर लगायतका सामाग्री चोर्ने सात जनालाई प्रहरीले पक्राउ गरेको हो  ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाले उनिहरुलाई पक्राउ गरेर पत्रकार सम्मेलनमार्फत सार्बजनिक गरेको हो  । पक्राउ पर्नेहरूमा फेदीखोला-४ का  २१ वर्षीय सुमन सुनार, २६ वर्षीय प्रेम विक र पुतलीबजार-४ का १९ वर्षिय समिर सुनार रहेको र चोरी भएका सामाग्री बिक्रीवितरणमा संलग्न पोखरा बस्दै आएका लमजुङ जिल्ला सुन्दर बजार-११ का २९ वर्षीय राजु मजाकोटी र २७ वर्षीय अमृत दुरा संगै  कास्कीका २९ वर्षिय प्रविन नेपाली र ३७ वर्षिय दिपेन्द्र पोख्रेललाई प्रहरीले पक्राउ गरेर पत्रकार सम्मेलनमार्फत सार्बजनिक गरेको हो ।

उनीहरुले गत २४ गते राती विधालय तोडफोड गरेर  बिद्यालयबाट कम्प्युटर, प्रिन्टरहरू, प्रोजेक्टर लगायतका अन्य विद्युतीय सामाग्री चोरी गरेका हुन् । प्रहरीका अनुसार उनीहरूमाथि   डाका मुद्दा दर्ता गरिएको छ ।

No comments:

Post a Comment