संवैधानिक जिम्मेवारी पूरा नगरेकोमा बोलिभियाकी पूर्व राष्ट्रपति जेनिनलाई १० वर्षको जेल सजाय- Update - Reporters7

Breaking

Post Top Ad

 


Saturday, June 11, 2022

संवैधानिक जिम्मेवारी पूरा नगरेकोमा बोलिभियाकी पूर्व राष्ट्रपति जेनिनलाई १० वर्षको जेल सजाय- Update


बोलिभियाकी पूर्व राष्ट्रपति जेनिन अनेजलाई १० वर्षको जेल सजायको फैसला भएको छ। गिरफ्तार गरेको झण्डै एक वर्षपछि उनलाई अदालतले शुक्रबार १० वर्ष जेल सजायको फैसला सुनाएको हो। 


हाल ५४ वर्षीया अनेजलाई गत वर्ष सन् २०२१ को मार्चमा गिरफ्तार गरेर अदालतमा सुनुवाइ र अनुसन्धान प्रक्रिया चलाइएको थियो। 


उनले भने आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आएकी छन्। आफूलाई राजनीतिक पूर्वाग्रहका आधारमा झुटा आरोपहरू लगाइएको उनकाे भनाइ छ । 


पूर्व राष्ट्रपति अनेजले आरोपलाई अस्वीकार गरे पनि अदालतले दोषी ठहर गर्दै कारागार सजाय दिनुपर्ने फैसला गरेकाले उहाँले महिला कारागारमा तोकिएको समय बिताउनुपर्ने भएको छ। उनलाई लापाजस्थित कारागारमा राखिने अधिकारीहरूले जनाएका छन्।  


संविधानले दिएको आफ्नो जिम्मेवारी र अधिकारभन्दा बाहिर गएर अपराध गरेको देखिएकाले उनलाई सजायको फैसला गरिएको अदालतले बताएको छ। 


उनका विपक्षीहरूले भने उनलाई कम्तिमा १५ वर्ष जेल सजाय हुनुपर्ने माग अदालतसँग गरेका थिए। उनलार्य राष्ट्रपति हुनुअघि सिनेटर भएको बेलादेखि कै विभिन्न आरोपहरू लगाइएको छ।


दक्षिणपन्थी अनेज सन् २०१९ को नोभेम्बरदेखि ठिक एक वर्ष बोलिभियाको अन्तरिम राष्ट्रपति बनेकी थिइन्। त्यसअघि उनी बोलिभियाको सिनेटको उपाध्यक्ष थिइन्। उनले तत्कालीन राष्ट्रपति इभो मोरालेजले राजीनामा दिएपछि आफैंलाई अन्तरिम राष्ट्रपति घोषणा गराएका थिइन्। 


मोरालेजले गराएको निर्वाचनमा धाँधली भएको भन्दै देशभरी चर्को विरोध भएपछि राजीनामा दिएकी थिइन्। राजीनामापछि आफूलाई असुरक्षा महशुस भएको भन्दै उनले मेक्सिकोमा शरण लिएकी थिइन्। देश छाडेकाले पनि अन्तरिम राष्ट्रपतिको जिम्मेवारी सम्हाल्न अनेजलाई सजिलो भएको थियो। 

अनेज राजनीतिमा आउनुअघि अधिवक्ता तथा लोकप्रिय टेलिभिजन कार्यक्रम प्रस्तोतासमेत थिइन्। एजेन्सी 

No comments:

Post a Comment