बलत्कारीका आरोपीलाई यसरी जिउँदै जलाइयो - Update - Reporters7

Breaking

Post Top Ad

 


Friday, June 10, 2022

बलत्कारीका आरोपीलाई यसरी जिउँदै जलाइयो - Update


मोटरसाइकलमा आएका दुई युवकले बाबुआमासहित १६ वर्षकी किशोरीलाई बाटोमा देख्छन्।


बस कुरिरहेका उनीहरुले चाल चल्छन्। युवतीलाई मोटरसाइकलमा घर छाडिदिने भन्छन्।


पल्लो गाउँका चिनेजानेका ती युवकहरुसँग अभिभावकले मोटरसाइकलमा पठाउँछन्। अभिभावक घर पुग्दा युवती भेटिन्नन्। उनी नजिकैको गाउँमा गम्भीर हालतमा भेटिन्छिन्।


युवकहरुले नाबालिगक युवतीमाथि बलात्कार गरेको थाहा हुन्छ। युवतीले आफूमाथि ती युवकले बलात्कार गरेको आरोप लगाउँछिन्। युवतीका परिवार गाउँलेसहित मिलेर युवकहरुको घर घेर्छन।


भीडले दुवै युवकलाई घरबाट थुत्छ। उनीहरुलई जिउँदै आगो लगाइन्छ। घटनामा एकजनाको मृत्यु हुन्छ। अर्को घाइतेलाई उपचारका लागि अस्पताल पुर्याइन्छ। यो घटना भारतको झारखण्डको बाँसु गाउँमा बुधबार राति भएको हो।


सुनिर ओराओन नामका युवकको मृत्यु भइसकेको छ।


अर्का आरोपीको गम्भीर अवस्थामा उपचार भइरहेको छ।


युवतीले सदर प्रहरी चौकीमा बलात्कारको आरोपपत्र दर्ता गरेकी छिन्।


उनलाई स्वास्थ्य जाँचका लागि पठाइएको छ। -एजेन्सी

No comments:

Post a Comment