सामाजिक सञ्जाल प्रयोगकर्तामा साइबर ब्युरोको यस्तो अनुरोध - Cyber Bureau - Reporters7

Breaking

Post Top Ad

 


Friday, May 6, 2022

सामाजिक सञ्जाल प्रयोगकर्तामा साइबर ब्युरोको यस्तो अनुरोध - Cyber Bureau

  


साइबर ब्युरोले सामाजिक सञ्जालहरुमा चुनावी माहौल बिगार्ने उद्देश्यले भ्रामक, दुष्प्रचार देखि चरित्रहत्या हुने गरी कुनै पनि सामाग्री पोष्ट / शेयर नगर्न अनुरोध गरेको छ  ।

एक सूचना जारि गर्दै ब्युरोले नजिकिंदै गरेको स्थानीय तह सदस्य निर्वाचनलाइ ख्याल गर्दै जो कसैको पनि चरित्रहत्या हुने गरी अडियो भिडियो लिखित अभिव्यक्तीलाई दुराशय मनसायबाट गलत अर्थ लाग्ने गरी ईडिट गरी सामाजिक सञ्जाल तथा विद्युतिय सञ्चारका माध्यम मार्फत सम्प्रेषण नगर्न अनुरोध गरेको हो ।

सुचनामा भनिएको छ :  ''स्थानीय तह सदस्य निर्वाचन (वैशाख ३० गते) लाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्नका लागि निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०७८ जारी गरी २०७८ चैत २५ गतेबाट नै लागू भईसकेको सन्दर्भमा सामाजिक सञ्जालहरुमा चुनावी माहौल बिगार्ने उद्देश्यले भ्रामक, दुष्प्रचार देखि चरित्रहत्या हुने गरी अडियो भिडियो लिखित अभिव्यक्तीलाई दुराशय मनसायबाट गलत अर्थ लाग्ने गरी ईडिट गरी सामाजिक सञ्जाल तथा विद्युतिय सञ्चारका माध्यम मार्फत सम्प्रेषण नगर्न हुन तथा प्रचलित ऐन, कानूनले प्रकाशन/प्रसारण तथा प्रदर्शन गर्न नहुने भनि रोक लगाएका सार्वजनिक, नैतिकता, शिष्टाचार विरुद्धका सामाग्री पोष्ट गर्ने, सेयर गर्ने, प्रकाशन गर्ने गतिविधी नगर्नु हुन नेपाल प्रहरी • प्रधान कार्यालय, साइबर व्यूरो अनुरोध गर्दछ ।''


No comments:

Post a Comment