स्याङ्जा बस्दै आएका दुई जना मोटरसाइकल चोरेर भाग्दै गर्दा तनहुँबाट पक्राउ-Update - Reporters7

Breaking

Post Top Ad

 


Tuesday, April 19, 2022

स्याङ्जा बस्दै आएका दुई जना मोटरसाइकल चोरेर भाग्दै गर्दा तनहुँबाट पक्राउ-Update


तनहुँमा मोटर्साइकल चोरी गरेर भाग्दै गरेका दुईजना पक्राउ परेका छन । 

घरमा पार्किङ गरिराखेको मोटरसाइकल चोरी गरेर भाग्ने दुइजनालाइ प्रहरिले पक्राउ गरेको हो ।

प्रहरीले ध १ प ५५९३ नम्बरको अपाचे मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा रुकुम पश्चिम आठबिसकोट नगरपालिका-३ घेत्मा घर भएका २० बर्षका नाईजेल ठकुरी र सोही ठाँउका बर्ष १९ का खिममान पुनलाई  पक्राउ गरेको जनाएको छ ।

उनिहरु स्याङ्जा हरिनास गाउपालिकास्थित  चिसापानीमा सडक निर्माण गर्ने क्याम्पमा बस्दै आएko बुझिएको छ । 

उनिहरुलाइ  जिल्ला अदालत तनहुँबाट मंगलबार सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धान प्रक्रिया थालिएको प्रहरिले जनाएको छ ।


No comments:

Post a Comment