पोखरामा बर्डफ्लु देखिए पछी एकै पटक दुई सय पक्षी नष्ट गरियो - Update - Reporters7

Breaking

Post Top Ad

 


Thursday, March 3, 2022

पोखरामा बर्डफ्लु देखिए पछी एकै पटक दुई सय पक्षी नष्ट गरियो - Update

  


पोखरामा बर्डफ्लू रोग भेटिएको छ । पोखरा महानगरपालिका वडा नम्बर  १५ र १७ का कुखुरा र हाँसमा बर्डफ्लुको सङ्क्रमण भेटिएको हो ।

प्रविधियुक्त खटिएको टोलीले २०० भन्दाबढी सङ्ख्यामा कुखुरा, हाँस र बट्टाईसहित प्रयोग हुने दाना, सुलीलगायतका पक्षी र पक्षीजन्य पदार्थ नष्ट गरिएको बताइएको छ  ।

पोखरा–१५ सीताराम पुल नजिक सिद्धिमार्ग अलस्कापुर टोल र पोखरा–१७ घारीपाटनमा स्थानीय जातका कुखुरामा बर्डफ्लु भाइरस देखिएको बताइएको छ ।

यो संगै  जिल्ला भेटेरिनरी अस्पताल तथा पशुविज्ञ केन्द्रका प्राविधिक, स्थानीय जनप्रतिनिधि र प्रहरीसहितको टोलीले पक्षी र पक्षीजन्य पदार्थ नष्ट गर्न सुरु गरिएको छ ।

No comments:

Post a Comment