त्रिभुवन विश्वविद्यालय डीनको कार्यालयद्वारा परिक्षा फारम सम्बन्धमा अत्यन्त जरुरी सूचना - TU Notice - Reporters7

Breaking

Post Top Ad

 


Monday, March 14, 2022

त्रिभुवन विश्वविद्यालय डीनको कार्यालयद्वारा परिक्षा फारम सम्बन्धमा अत्यन्त जरुरी सूचना - TU Notice


त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र सङ्काय डीनको कार्यालयले परिक्षा फारम खुलाएको छ ।

परिक्षा फारम खुलाउदै त्रि वि ले भनेको छ : 

'त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र सङ्काय डीनको कार्यालयबाट सेमेस्टर प्रणालीमा सञ्चालित स्नातकोत्तर तहको शैक्षिक वर्ष २०२१ का नियमित तथा सोभन्दा अघि (शैक्षिक वर्ष २०१७ सम्म) का आशिक परीक्षार्थीहरूको पहिलो सेमेस्टर र शैक्षिक वर्ष २०२० का नियमित तथा सोभन्दा अघि (शैक्षिक वर्ष २०१६ सम्म) का आशिक परीक्षार्थीहरूको तेस्रो सेमेस्टरको सत्रान्त परीक्षा २०७९ साल बैशाख दोस्रो हप्ताबाट सञ्चालन हुने भएकाले सम्बन्धित सबै विद्यार्थीहरूलाई २०७५ साल चैत्र १७ गते ( विलम्ब दस्तुरमा चैत्र २१ गते सम्म आ-आफ्नै क्याम्पस विभागमा परीक्षा फाराम भर्नका लागि सूचित गरिन्छ साथै सम्बन्धित क्याम्पस विभागहरूले फारामहरू रुजु गरी अंग्रेजीको वर्णानुक्रमानुसार मिलाई प्रति विद्या रु.१५००/- (एक हजार पाँच सय) का दरले यस कार्यालयको नेपाल बैंक लिमिटेड, कीर्तिपुर शाखामा रहेको चल्ती खातामा चैत्र २० गतेभित्र जम्मा गरेको सक्कल भौचर तथा विलम्ब दस्तुरको चैत्र २३ गतेभित्र जम्मा गरेको सक्कल भौचर र आन्तरिक मूल्याङ्कनको प्राप्ताङ्क सहित अनिवार्यरूपले २०७८ साल चैत्र २५ गतेभित्र यस कार्यालयमा पठाउनुहुन अनुरोध गरिन्छ साथै, विद्यार्थीहरूको नामावली Excel File मा संलग्न ढाँचामा तयार गरी Soft Copy समेत E-mail (info@fohss.tu.edu.np) बाट वा Pen drive मार्फत पठाइदिनुहुन समेत अनुरोध गरिन्छ ।'


No comments:

Post a Comment