गुप्तेश्वर महादेव गुफाको प्रायोजकमा डेबिजफल क्लबद्वारा फुटबल प्रतियोगिता हुने -Reporters7 - Reporters7

Breaking

Post Top Ad

 


Monday, March 21, 2022

गुप्तेश्वर महादेव गुफाको प्रायोजकमा डेबिजफल क्लबद्वारा फुटबल प्रतियोगिता हुने -Reporters7


पोखरा छोरेपाटनमा अवस्थित डेबिजफल क्लबले प्रथम गुप्तेश्वर महादेव कप-२०७९" फुटबल प्रतियोगिता संचालन गर्ने भएको छ ।

"राष्ट्रका लागि खेलकुद" भन्ने मुल नाराका साथ पोखरा महानगरपालिका छोरेपाटनमा अवस्थित डेबिजफल क्लबले फुटबल प्रतियोगिता संचालन गर्ने भएको हो ।

खेल छोरेपाटनको तिब्बतियन क्याम्पको मैदानमा २०७९ साल बैशाख ८ गतेदेखि ११ गतेसम्म  संचालन हुने आयोजकले जनाएको छ।

खेलकुद संयोजक बिनम गुरूङ्गले पत्रकार सम्मेलन मार्फत प्रतियोगिता सभ्य र भब्य बनाई सम्पन्न गर्नको लागी बिभिन्न नौ वटा उप-समितिहरू निर्माण गरिएको जानकारी दिए।


जसमा खेलकुद प्रचार-प्रसार उपसमितीका संयोजकमा गणेश बहादुर जि.सी.,टिम ब्यबस्थापन उपसमिती संयोजकमा बेद थापा,खेलमैदान ब्यबस्थापन तथा स्वयंसेवक परिचालन उपसमिति संयोजकमा शिवम् शाही,खाजा तथा खाना ब्यवस्थापन उपसमिति संयोजकमा शिभिर श्रेष्ठ ,स्टेज व्यवस्थापन उपसमिति संयोजकमा सुमन अाले,अतिथी सत्कार एवं सांस्कृतिक कार्यक्रम उपसमिति  संयोजकमा कुशुम मगर,रेफ्री व्यवस्थापन उपसमिति संयोजकमा निश्चल थापा,मेडिकल व्यवस्थापन उपसमिति संयोजकमा शर्मिला थकाली,सामान खरिद तथा अार्थिक संकलन उपसमिति संयोजकमा बिनम गुरूङ्ग रहने गरि बिभिन्न उपसमिति निर्माण गरिएको जानकारी दिए। 

यस कार्यक्रम  गुप्तेश्वर महादेव गुफाको मुख्य  प्रायोजकमा संचालन हुने समेत आयोजकले  जनाएको छ ।


क्लवका अध्यक्ष खेमराज बराल"पुष्ष" ले कार्यक्रममा बोल्दै सहयोगी दता संगै मुख्य प्रायोजकलाइ धन्यवाद व्यक्त गर्दै विभिन्न उपसमितिका संयोजकलाइ सकृय भएर काम गर्न निर्देशन दिए ।


त्यस्तै गुप्तेश्वर व्यबस्थापन समितीका अध्यक्ष एवं  डेबिजफल क्लवका सल्लाहकार  बिष्णु प्रसाद पौडेलले खेलकुद संयोजकलाई बल हस्तान्तरण गरि कार्यक्रम सफलताको शुभकामना व्यक्त गरेका थिए ।    

No comments:

Post a Comment