ट्राफिक प्रहरीले अब ‘अन द स्पट’ लाइसेन्स सक्कली/नक्कली छुट्याउन सक्ने- Update - Reporters7

Breaking

Post Top Ad

 


Tuesday, February 22, 2022

ट्राफिक प्रहरीले अब ‘अन द स्पट’ लाइसेन्स सक्कली/नक्कली छुट्याउन सक्ने- Update

  


के तपाईं नक्कली सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बोकेर सवारीसाधन चलाइरहनुभएको त छैन ? होसियार, अबदेखि ट्राफिक प्रहरीले मोबाइल एप्समार्फत लाइसेन्स सक्कली वा नक्कली के हो तत्कालै अन द स्पट (ठाउँका ठाउँ) पत्ता लगाउन सक्नेछ ।

यातायात व्यवस्था विभागले नक्कली सवारी चालक अनुमतिपत्रको प्रयोगमा नियन्त्रण गर्न ‘लाइसेन्स भेरिफिकेसन मोबाइल एप्स’ विकास गरेकाले यो काम सम्भव भएको हो । विभागले महानगरीय ट्राफिक प्रहरी महाशाखालाई यो मोबाइल एप्स हस्तान्तरण गरिसकेको छ ।

यसअघि लाइसेन्स प्रमाणीकरणका लागि कुनै पनि प्रविधि थिएन । जसका कारण शंकास्पद लाइसेन्स चेकजाँचका लागि यातायात कार्यालयहरूमा सम्पर्क गर्नुपर्ने बाध्यात्मक अवस्था थियो । अब भने आवश्यकताअनुसार ट्राफिक प्रहरीले तत्काल अन द स्पट मोबाइल एप्समार्फत लाइसेन्स प्रमाणीकरण गर्न सक्नेछ । राजधानी दैनिक ।

No comments:

Post a Comment