नेपालको विश्वकप यात्रा रोकियो- Sports - Reporters7

Breaking

Post Top Ad

 


Tuesday, February 22, 2022

नेपालको विश्वकप यात्रा रोकियो- Sports


आईसीसी टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको ग्लोबल छनोट ए को सेमिफाइनलमा युएईसँग पराजित भएपछि नेपालको विश्वकप क्रिकेटको यात्रा यस पटकका लागि टुंगिएको छ । युएईसँग आज भएको ग्लोबल छनोट अन्तर्गतको सेमिफाइनल खेलमा ६८ रनले पराजित हुदै नेपाल अष्ट्रेलियामा आयोजना हुने आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप क्रिकेट खेल्ने सपना अधुरै छोड्न बाध्य भयो ।

ओमानको अल अमेरात क्रिकेट मैदानमा बलिङ र व्याटिङ दुबैमा जम्न नसक्दा नेपाल पराजित भयो । युएईले दिएको १ सय ७६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको नेपाल १८ ओभर ४ बलमा अलआउट हुँदै १ सय ७ रनमा सीमित बन्यो । जितका लागी आशा गरिएको सुरुवाति ब्याटम्यान कुशल भुर्तेल ७ रनमा आउट हुँदा नेपालको आशा झिनो बन्दै गएको थियो । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ३८ रन बनाए ।

बलिङमा युएईका अहमेद राजाले सर्वाधिक ५ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएईले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७५ रन बनाएको थियो । युएईका लागि मुहमद वासिमले ७० रनको अर्धशतकीय पारी खेले ।

नेपालका जितेन्द्र मुखिया र अविनाश बोहराले ३र३ विकेट लिए । नेपाल माथि फराकिलो जित निकालेको युएई भने टी– २० विश्वकपमा छनोट भएको छ । आजै भएको अर्को सेमाफाइनल खेलमा ओमानलाई ५६ रनले पराजित गर्दै आयरल्याण्ड पनि विश्वकप खेल्न छनोट भयो ।

No comments:

Post a Comment