पोखराकी एक महिला दुई करोड भन्दा बढी ठगेको आरोपमा पक्राउ - Update - Reporters7

Breaking

Post Top Ad

 


Thursday, February 10, 2022

पोखराकी एक महिला दुई करोड भन्दा बढी ठगेको आरोपमा पक्राउ - Update


प्रहरीले  विदेश पठाइदिने भन्दै विभिन्न व्यक्तिबाट दुई करोड ३१ लाख रुपैयाँ ठग्ने एक महिलालाई पक्राउ गरेको छ  ।

पोखरा घर भएकी ३७ वर्षकी डाक्टर क्रिष्टना गुरुङ नाम राखेकी एक महिलालाई प्रहरीले  काठमाण्डौको स्वयम्भूबाट पक्राउ गरेको हो ।

 जर्मनी पठाइदिने भन्दै एक व्यक्तिबाट १४ लाख रुपैयाँ लिएर ठगी गरेको उजुरीपछि पीडितको जाहेरी अनुसार प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले उनलाई  गएको आइतवार पक्राउ गरेको थियो । उनको कोठामा छापा मार्दा २१ वटा राहदानी फेला परेको प्रहरीले जनाएको छ  ।

यस सम्बन्धमसा ३६ जना व्यक्ति सम्पर्कमा आएका र उनीहरुबाट दुई करोड ३१ लाख रुपैयाँ रकम लिएर ठगेको पाइएको महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ ।

उनले अरु व्यक्तिलाई पनि ठगेको हुन सक्ने शङ्कामा प्रहरीले जिल्ला अदालत काठमाण्डौबाट पाँच दिनको म्याद लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

No comments:

Post a Comment