एमाले महाधिवेशन : सहमतिका लागि कार्यकर्ताको दबाब - Reporters7

Breaking

Post Top Ad

 


Saturday, November 27, 2021

एमाले महाधिवेशन : सहमतिका लागि कार्यकर्ताको दबाब


नेकपा (एमाले) को जारी दशौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रस्थलमा प्रतिनिधि, कार्यकर्ता र पर्यवेक्षक नयाँ नेतृत्वको तीव्र प्रतिक्षा गरिरहेका छन् ।  सौराहामा सुरु हुन लागेको बन्दसत्रका प्रतिनिधिहरुले नाराबाजी गर्दै सर्वसम्मतको माग गरेका हुन् ।


बन्दसत्रस्थलमा अहिले प्रवेशका लागि कडाइ गरिएको छ । बन्दसत्रमा सुरक्षा व्यवस्था चुस्त बनाइएको छ भने पार्टीले करिब ५०० स्वयंसेवक परिचालन गरेको छ । सो स्थलमा काल माक्र्सको मूर्ति, जननेता मदनकुमार भण्डारी, तत्कालीन अध्यक्ष मनमोहन अधिकारी, अध्यक्ष केपी शर्मा ओलीलगायत नेताहरुको तस्बीर सजाइएको छ ।


बन्दसत्रस्थल सौराहामा प्रतिनिधिले सर्वसम्मत नेतृत्व हुनुपर्ने माग गरेका छन् भने शीर्ष नेताहरु आपसी छलफल र परामर्शमा व्यस्त रहेका छन् ।


उनीहरुले पार्टीमा एकताबद्ध र सर्वसम्मत नेतृत्व हुनैपर्छ भन्दै नारा लगाइरहेका छन् । महाधिवेशनको बन्दसत्रमा मनोनीतसहित दुई हजार २७५ प्रतिनिधि छन् । बन्दसत्रले नयाँ नेतृत्व चयन गर्नेछ । सहमतिकै लागि विधान परिमार्जन गर्न गए राति सम्पन्न केन्द्रीय कमिटीको बैठकले २२५ सदस्यीयलाई ३०१ सदस्यीय केन्द्रीय कमिटी बनाउने प्रस्ताव बन्दसत्रमा पेश गर्ने निर्णय गरेको थियो ।


No comments:

Post a Comment