अत्याधिक गुलियो राखिएका परिकारले केके समस्या निम्त्याउँछ त - Reporters7

Breaking

Post Top Ad

 


Sunday, November 7, 2021

अत्याधिक गुलियो राखिएका परिकारले केके समस्या निम्त्याउँछ त

 


तिहारमा अत्याधिक गुलियो राखिएका परिकार खाने प्रचलन छ। पछिल्लो समयमा तिहारमा पकाइने परिकारमा कृतिम गुलियो राखिने भएकाले स्वास्थ्यका लागि हानिकारक हुन्छ। अत्याधिक गुलियोले गर्ने हानी यसप्रकार छन्।

कमजोर महशुसः यदि गुलयो खानेकुरा खाएपछि निरन्तर थकान महशुस गर्नुहुन्छ भने शरिरमा ब्लड सुगरको मात्रा बढेको हुनुपर्छ। मिठाई र गुलिया खानेकुराले जति हामीलाई कमजोर बनाउँदै जान्छ, यसप्रति आशक्ति पनि त्यत्तिकै मात्रामा बढ्ने हुन्छ।

सुगरको कुलतः निरन्तर अत्याधिक गुलियो सेवन गर्नुको अर्काे हानी भनेको सुगरको कुलत अर्थात् गुलियो खाने बानी लाग्नु हो किनभने जति बढी चिनी खाइन्छ, त्यति अझै खाने चाहना बढ्छ। निरन्तर गुलियो परिकार खाँदा शरिर र दिमाग लठ्ठ हुन्छ।

छालामा समस्याः गुलियोले छालामा गम्भिर अशर गर्छ। निश्चय नै मानिसको छाला शरिरको ऐना हो, जसले शरिरभित्र के भइरहेको छ भन्ने दर्शाउँछ। चिनिले शरिरभित्र देखाउने हानीको असर बाहिरी छालामा पनि प्रष्ट देखिन्छ। बढी गुलियो खाँदा छाला सुख्खा हुन्छ।

निराश र चिन्ताः बढी गुलियो खानेकुरा खाँदा मुड निराश र चिन्तित हुने विज्ञहरु बताउँछन्। चिनिका कारण मानिसलाई ‘सुगर ब्लु’ अर्थात् गुलियोका कारण हुने निराशाको सिन्ड्रोम देखिने गरेको विज्ञहरु बताउँछन्। गुलियोले मानिसलाई बढी आक्रमक र आवेगात्मक बनाउँछ। डिप्रेसन र चिन्ताको अतिरिक्त गुलियोले आँखालाई धमिलो बनाउँछ।

रुघाखोकीको जोखिमः गुलियोले प्रतिरोधात्मक प्रणालीलाई दबाइदिन्छ, र दीर्घ रोगको सम्भावना बढाउछ। यदि तपाईलाई बारम्बार रुघा लागेको छ भने चिनि वा गुलियोको परिणाम बढी भएको हुनुपर्छ। गुलियो खाएपछि धेरैलाई खोकी लाग्ने र रुघाले सताउने गर्छ।

अस्वभाविक तौल बृद्धि : सम्भवत तपाईलाई थाहा होला चिल्लोले शरिरलाई मोटो बनाउँदैन, बरु अरु समस्या ल्याउँछ।  तर गुलियो खाँदा केही दिनमा नै अस्वभाविक तौल बढ्छ। सुगर र परिष्किृत कार्बोहाईड्रेडले शरिरको तौल ह्वात्तै बढाउँछ। तौल घटाउन न्यून फ्याटयुक्त डाइट खानु भएको छ तर गुलियो र अन्य कार्बोहाईड्रेड खान रोक्नु भएको छैन भने तौल घट्दैन, बरु बढ्छ। गुलियोले आमाशय (गट) मा समेत अशर गरी तौल घट्नबाट रोक्छ।

मिठाइमा प्रयोग हुने हानिकार रसायन

देख्दा खेरी जिब्रो नै रसाउने मिठाइमा र अन्य गुलिया परिकारमा न्यून गुणस्तर र मिसावट धेरै हुुने गर्छ। मिठाईमा प्रयोग हुने हानिकारक रसायन यस प्रकार छन्ः  

फर्मालिनः मिठाईलाई लामो समयसम्म ताजा राख्न वा बिग्रनबाट जोगाउन मिठाइ कम्पनीहरुले फर्मालिन नाम गरेको रसायन प्रयोग गर्छन्। यो रसायन विशेषगरी लाशलाई गन्हाउनबाट जोगाउन शव गृहमा प्रयोग गरिन्छ। फर्मालिन मिसिएको परिकारले किड्नी र कलेजोलाई हानी गर्छ। यसले दम र क्यान्सर पनि निम्त्याउँछ। गर्भवती महिलाहरुका लागि यो रसायन झनै खतरनाक मानिन्छ। यस्तो रसायन मिसिएको खानेकुरा खाँदा अपांग बच्चा जन्मिने सम्भावना हुन्छ।

सिल्भर र आल्मुनियमः तिहारमा खाईने बर्फी लगायत केही मिठाई सिल्भर लगायतका धातु मिसाइएका कागजले ढाकेर बनाइएको हुन्छ, जुन स्वास्थ्यका लागि निकै हानिकार मानिन्छ। मिठाई ढाक्न प्रयोग हुने सिल्भरको कागजमा अल्मुनियम पनि मिसाइन्छ। अल्मुनियमले दिमागका कोष र तन्तुलाई असर गर्छ। गर्भवती महिलालाई झन् अशर गर्छ। तसर्थ सिल्भरको कागजले ढाकेको मिठाई खानुअघि औंलाले बिस्तारै घोट्नुपर्छ। यदि सो कागज हानिकार नभए तत्कालै हराउँछ।

गुडमा बनाएको मिठाई नै किन खाने?

बढ्दो अस्वस्थ प्रतिष्प्रर्धासँगै आजभोली कृत्रिम गुलियो पदार्थबाट मिठाई बनाउने संस्कार बढ्दो छ। चिनि पनि परिस्किृत गरिने भएकाले विज्ञहरुले यसको सट्टा गुढ, मह र मिसावट नगरिएको खुदोबाट घरमै परिकार बनाउन सल्लाह दिन्छन्। मिसावटरहित गुडबाट बनाएका परिकार गुलियो भए पनि स्वास्थ्यलाई निम्न फाईदा गर्छः

–गुड चिनि जस्तो परिमार्जित नहुने भएको यसमा प्रशस्त आइरन हुन्छ जुन स्वास्थ्यका लागि फाइदाजनक हुन्छ।

–गडले शरिरभित्रको अपवित्र वा दुःषित रगतलाई सफा गरिदिन्छ, जबकी ह्वाईट सुगरले यस्तो कुनै काम गर्दैन।

–गुड मिसाएको मिठाइले शरिरमा ब्लड ग्लुकोजको मात्रा बढाउँदैन, जबकी चिनिले झन् बढाउँछ। स्वास्थ्य खबर 

No comments:

Post a Comment