प्रहरीको मोटरसाइकल चोरी गर्ने पक्राउ - Reporters7

Breaking

Post Top Ad

 


Sunday, November 7, 2021

प्रहरीको मोटरसाइकल चोरी गर्ने पक्राउ


प्रहरीको मोटरसाइकल चोरी भएको दुई घन्टामा प्रहरीले  चोरलाई नियन्त्रणमा लिएको छ । प्रहरीले मोटरसाइकल सहित मोटरसाइकल चोर्नेलाई पक्राउ गरेको हो । 


हिजो  दिउँसो करिब १२ बजेको समयमा सर्लाहीको मलंगवास्थित जिल्ला अस्पतालको प्रांगणबाट प्रहरीको बाइक चोरी भएको थियो।


प्रहरीले  बाइक चोरी गर्ने मलंगवा ३ का मोजाहिर अन्सारीका १९ वर्षीय छोरा बोसिम अन्सारी उक्त बाइक चलाएर हिंडिरहेको बेला पक्राउ गरेको हो । उनलाई रोक्ने क्रममा उल्टै प्रहरीलाई ठक्कर दिएर भागेका थिए । त्यसको केहि समय पछी अन्सारीलाइ पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ।


प्रहरीका अनुसार  अन्सारीलाई पक्राउ गरि थप अनुसन्धान थालिएको छ ।

No comments:

Post a Comment