आइतवार थप २३२ जनामा कोरोना सङ्क्रमण पुष्टि, एकको मृत्यु - Reporters7

Breaking

Post Top Ad

 


Sunday, November 21, 2021

आइतवार थप २३२ जनामा कोरोना सङ्क्रमण पुष्टि, एकको मृत्यु

 

पछिल्लो २४ घण्टामा २३२ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । सात हजार ८४५ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २३२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।


यसैगरी, एक हजार २७८ जनामा एन्टिजेन परीक्षण गर्दा ६ जनामा सङ्क्रमण देखिएको छ । मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.७ प्रतिशत रहेको जनाएको छ ।


पछिल्लो २४ घण्टामा ४७० जना कोरोना मुक्त भएको मन्त्रालयले जनाएको छ । यसैगरी, सोही अवधिमा एक जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ४९६ पुगेको छ ।

No comments:

Post a Comment