नेपाल परिवार दल गण्डकी प्रदेश र कास्की जिल्ला अधिबेशन सम्पन्न । प्रदेश मा थापा र जिल्ला मा भट्ट निर्बाचित - Reporters7

Breaking

Post Top Ad

 


Friday, November 12, 2021

नेपाल परिवार दल गण्डकी प्रदेश र कास्की जिल्ला अधिबेशन सम्पन्न । प्रदेश मा थापा र जिल्ला मा भट्ट निर्बाचित



पोखरा । नेपाल परिवार दलको गण्डकी प्रदेश संयोजकमा प्रकाशबाबु थापा निर्वाचित भएका छन् । पोखरामा भएको तेस्रो अधिवेशनबाट थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । समितिको सहसंयोजकमा रामचन्द्र देवकोटा र बाबुराम शर्मा छन् । सचिवमा टलकप्रसाद भट्ट र कोषाध्यक्षमा कल्पना बराम चयन भएका छन् ।


सदस्यहरूमा, रवीन्द्र थापा, टिका विश्वकर्मा, हरि जिसी, गीता बजगाईं देवकोटा, दिवस घिमिरे र लक्ष्मी केसी छन् । कार्यसमितिको कार्यकाल ५ वर्षको हुनेछ । आगामी मंसिर ४ र ५ गते काठमाडौंमा केन्द्रीय महाधिवेशन आयोजना गरिएको छ । सोही महाधिवेशनका लागि प्रदेश अधिवेशन गरिएको संयोजक थापाले बताए ।


यसअघि परिवार दलले निर्वाचनमा एमालेसँग सहकार्य गरेको थियो । तर, सरकारको कामप्रति असन्तुष्टि जनाउँदै बाहिर बसेको थियो । ‘हामीसँग गरिएको ३ बुँदे सहमति कार्यान्वयन भएन । अबको चुनावमा अर्को पार्टीसँग सहकार्य हुन सक्छ,’ उनले भने, ‘त्यो निर्णय छिट्टै केन्द्रले टुंगो लगाउँछ । रणनीति बनाइसकेका छैनौं ।’  


गण्डकीको कास्कीमा  जिल्ला अधिबेशन बाट जिल्ला अध्यक्ष मा टलक प्रसाद भट्ट , उपाध्यक्ष मा कल्पना बराल , सचीव मा गिता बजगाइ ,कोषाध्यक्षमा एला घिमिरे निर्बाचित हुनुभयको छ । जिल्ला सदस्य हरु मा सन्तोष बजगाइ ,शान्ति श्रेष्ठ ,केदार तिमल्सिना ,यमुना भट्टराई ,यशोधा लम्साल , मोहन परियार र उषा बराल निर्बाचित हुनु भएको छ र गोरखामा पनि अधिवेशन सकिएको छ । अन्य जिल्लामा केही दिनभित्रै टुंगो लगाइने परिवार दलले जनाएको छ । कास्कीमा हाल ११ सदस्यीय समिति रहेको सो पाटीमा केन्द्रीय महाधिवेशनपछि भने सबै संरचना १ सय १ सदस्यीय हुने छ ।

No comments:

Post a Comment