कुशल बेल्वासे र रुपी सिंजालीको स्वरमा नयाँ गित काउछो चिलाउनीको सार्वजानिक - Reporters7

Breaking

Post Top Ad

 


Tuesday, November 9, 2021

कुशल बेल्वासे र रुपी सिंजालीको स्वरमा नयाँ गित काउछो चिलाउनीको सार्वजानिक

  


लोकप्रिय गायक कुशल बेल्वासे र गायिका रुपी सिंजाली मगरको आवाजमा नयाँ गित काउछो चिलाउनीको सार्वजानिक भएको छ । 


अर्जुन सेञ्चुरी आभाषको शब्द रचना, संचारकर्मी प्रकाश रसाईलीको थेगो र बिनोद रामदामको लय सिर्जनामा तयार भएको गितमा महेन्द्र भण्डारीको संगित संयोजन रहेको छ । काउछो चिलाउनीकोलाई सर्बाधिक ब्यस्त रेकर्डिङ्ग स्टुडियो मालश्रीमा कुशल रेकर्डिस्ट गोबिन्द पराजुलीले रेकर्ड गरेका हुन भने अब्बल ध्वनी मुद्रक खड्क बाजुरालीले अडियो मिक्सिङ्ग गरेका हुन । 


गोबिन्द पराजुली,महेन्द्र भण्डारी,प्रेमा राना र मिना श्रीषको पृष्ठभुमि आवाज रहेको गितको भिडियोमा कलाकार आयुष्मा कार्कीसंगै प्रकाश सुनार र सरोज सुनारलाई देख्न सकिन्छ साथसाथै सर्जक अर्जुन सेञ्चुरी आभाषलाई पनि गितमा अतिथी भुमिकामा प्रस्तुत गरीएको छ । 


मिरु क्रियशनको दृष्य निर्माणमा तयार काउछो चिलाउनीको भिडियोमा बिजय लामाको छायाकंन,रबिन बि.क.को रंग संयोजन,सक्षम पुडासैनीको श्रृङ्गार,ईच्छाराम परीयारको पोशाक,कमल भक्तको नृत्य रचना र रमेश बि.क.रसाईलीको सम्पादन अनि निर्देशन रहेको छ । गितलाई मोडल एवम निर्माता प्रकाश सुनारकै अफिसियल युट्यूब च्यानलबाट सार्बजानिक गरीएको हो । 

No comments:

Post a Comment