पछिल्लो २४ घण्टामा ४४३ जनामा संक्रमण पुष्टि - Reporters7

Breaking

Post Top Ad

 


Tuesday, November 9, 2021

पछिल्लो २४ घण्टामा ४४३ जनामा संक्रमण पुष्टि


पछिल्लो २४ घण्टामा ४४३ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । १४ हजार ९१८ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ४४३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।


यसैगरी, एक हजार ८१८ जनामा एन्टीजेन परीक्षण गरिएकोमा ९० जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.७ प्रतिशत रहेको जनाएको छ ।


पछिल्लो २४ घण्टामा ४८४ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी, सोही अवधिमा एक जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ४५४ पुगेको छ । साथै पछिल्लो २४ घण्टामा ४३ हजार ३८० जनाले कोरोनाविरुद्धको खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

No comments:

Post a Comment