अन्तर्राष्ट्रिय टी-ट्‍वान्टी शृङ्खलामा नेपाली महिला टोलीलाई ऐतिहासिक सफलता - Reporters7

Breaking

Post Top Ad

 


Thursday, November 18, 2021

अन्तर्राष्ट्रिय टी-ट्‍वान्टी शृङ्खलामा नेपाली महिला टोलीलाई ऐतिहासिक सफलता


नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले दोस्रो टी-ट्‍वान्टी अन्तर्राष्ट्रियमा कतारलाई ६१ रनले पराजित गरेको छ । यो जितसँगै कतारको दोहामा भइरहेको तीन खेलको शृङ्खला नेपाली टोलीले एक खेल अगावै २-० ले आफ्नो पक्षमा पारेको हो ।


अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली राष्ट्रिय महिला टोलीले प्राप्त गरेको यो सफलता हालसम्मकै ऐतिहासिक हो । हिजोको खेलमा जितका लागी १ सय ३० रनको लक्ष्य पछ्याएको कतार १९ दशमलव ३ ओभरमा ६८ रनमै समेटिएपछि यो जीत नेपालको पक्षमा गएको हो ।


दोहास्थित वेस्ट इन्ड पार्क स्टेडियममा टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १ सय २९ रन बनाएको थियो ।


नेपालका लागि कप्तान रुबिना क्षेत्रीले ५० रनको अर्धशतकीय पारी खेलिन् । रुबिनाले ४८ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ५० रन पूरा गरेकी हुन् । रुबिनाको यो पहिलो टी-ट्‍वान्टी अन्तराष्ट्रिय अर्धशतक हो ।

No comments:

Post a Comment