मुस्ताङ हिम पहिरोमा ११ जना घाइते - Reporters7

Breaking

Post Top Ad

 


Sunday, November 14, 2021

मुस्ताङ हिम पहिरोमा ११ जना घाइते

 

मुस्ताङको कोबाङ क्षेत्रमा आइतबार बिहान परेको हिमपहिरोबाट ११ जना घाइते भएका छन् ।

हिम पहिरो देखेपछि भएको भागदौडमा ११ जना घााइते भएका हुन्  । भाग्ने क्रममा ९ जना छात्रा, एक जना महिला शिक्षक र एक जना छात्रलाई सामान्य चोट लागेको बताइएको छ  ।


धौलागिरी रेन्जबाट माटोसहित खसेको हिमपहिरो बोक्सी खोलामा खस्दा भाग दौड भएको  मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनुभयो ।


पहिरोले मुस्ताङको लाजेङ र न्याउरीकोट ढाकिएको थियो । स्थानीय प्रशासनले मानववस्ती भएका क्षेत्रमा सचेतता अपनाउन भनेको छ ।


हिमपहिरो खस्दा स्थानीयवासी त्रसित भएका छन् ।

No comments:

Post a Comment