नेपाली कांग्रेसले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका यस्तो छ - Reporters7

Breaking

Post Top Ad

 


Tuesday, November 30, 2021

नेपाली कांग्रेसले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका यस्तो छ


नेपाली कांग्रेसले आसन्न १४औँ महाधिवेशनका लागि केन्द्रीय कार्यसमिति र प्रदेश कार्यसमितिको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।


कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि यही मङ्सिर २४ गते बिहान १० बजे मतदाता नामावली प्रकाशन गर्ने, मङ्सिर २५ गते बिहान १० देखि साँझ ५ बजेसम्म उम्मेदवार मनोनयन पत्र दर्ता गर्ने र मङ्सिर २६ गते बिहान ८ देखि १० बजेसम्म मनोनयन पत्रमाथि पर्ने दाबी विरोध दर्ता गर्ने तथा जाँचबुझ गर्ने कार्यतालिका छ ।


यसैगरी, मङ्सिर २६ गते १० देखि १२ बजेसम्म सो उपर निर्णय गर्ने, दिउँसो १२ देखि ३ बजेसम्म उम्मेदवारको नेपाली वर्णानुक्रम (देवनागरी लिपि) पहिलो नाम प्रकाशित गर्ने, दिउँसो ३ देखि अपराह्न ४ बजेसम्म मनोनयन फिर्ता लिने, साँझ ५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र मङ्सिर २७ गते बिहान ८ बजेदेखि मतदान सुरु गर्ने समितिले जनाएको छ ।


यसैगरी, समितिले मङ्सिर १६ गतेदेखि प्रदेश कार्यसमितिको निर्वाचन कार्यतालिका पनि तय गरेको समिति संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार मङ्सिर १६ गते बिहान १० बजे मतदाता नामावली प्रकाशित गर्ने, मङ्सिर १७ गते बिहान ८ देखि ११ बजेसम्म उम्मेदवार मनोनयन पत्र दर्ता गर्ने, सोही दिन दिउँसो ११ देखि १ बजेसम्म मनोनयन पत्रमाथि पर्ने दाबी विरोध दर्ता गर्ने, जाँचबुझ गर्ने र मङ्सिर १७ गते २ बजे सो उपर निर्णय गर्ने कार्यतालिका छ ।


मङ्सिर १७ दिउँसो २ देखि साँझ ५ बजेसम्म उम्मेदवारको नेपाली वर्णानुक्रम (देवनागरी लिपि) पहिलो नाम प्रकाशित गर्ने, मङ्सिर १७ गते साँझ ६:३० मनोनयन फिर्ता लिने, मङ्सिर १७ गते साँझ ७:३० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र मङ्सिर १८ गते बिहान ८ बजेदेखि प्रदेश कार्यसमितिका लागि मतदान सुरु हुनेछ ।


कांग्रेसले प्रदेश अधिवेशन यही मङ्सिर १६ र १७ गते तथा केन्द्रीय महाधिवेशन मङ्सिर २४ देखि २६ गतेसम्म तोकेको छ ।

No comments:

Post a Comment