पछिल्लो २४ घण्टामा ४४१ जना सङ्क्रमित थपिए - Reporters7

Breaking

Post Top Ad

 


Monday, November 1, 2021

पछिल्लो २४ घण्टामा ४४१ जना सङ्क्रमित थपिए

 

पछिल्लो २४ घण्टामा ४४१ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । 

सात हजार ४६८ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ४४१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।


यसैगरी, चार हजार १९६ जनामा एन्टीजेन परीक्षण गरिएकोमा ९२ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.४ प्रतिशत रहेको जनाएको छ ।


पछिल्लो २४ घण्टामा ४९० जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी, सोही अवधिमा नौ जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ४१६ पुगेको छ ।

No comments:

Post a Comment