कार्तिक १० गते देखि पुनः कोरियामा कामदार जान सुरु हुने - Reporters7

Breaking

Post Top Ad

 


Monday, October 11, 2021

कार्तिक १० गते देखि पुनः कोरियामा कामदार जान सुरु हुने


आश्विन २५, नेपाली कामदारलाई वैदेशिक रोजगारीका लागि आकर्षक गन्तव्य मानिएको दक्षिण कोरियामा लामो समयपछि कामदार पठाउने काम सुरु गर्न लागिएको बताइएको छ ।


पहिले काम गरेर फर्किएर आएका ५० जना कामदार कार्तिक १० गते जाने र त्यसपछि अरू कामदार क्रमशः पठाइने अधिकारीहरुले बताएका छन ।


लामो समयपछि प्रक्रिया सुरु भएसँगै कोरिया जान पाउने आशा बढेको कोरिया जाने पर्खाइमा रहेका कामदारहरूले बताएका छन्।

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण गरेर कामदार कोरिया जाने गरेकोमा २० महिना देखि कोरोनाभाइरस सङ्क्रमणका कारण कामदार जान पाएका छैनन्।


परीक्षा उत्तीर्ण गरेका र पहिले काम गरेर आइसकेका त्यस्ता कामदारले सङ्क्रमण घटेका बेला आफूहरूलाई पठाउने व्यवस्था नगरिएको भन्दै गुनासो गर्दै आएका छन्।


नेपाल र कोरिया सरकारबीच भएको श्रम सम्झौता अनुसार सन् २००८ देखि कोरियाले नेपाली कामदार लिँदै आएको छ।


सुरुवाती वर्षहरूमा २८ सय कामदार लगेको कोरियाले सन् २०११ देखि त्यो सङ्ख्या बढाउँदै गएको थियो।

No comments:

Post a Comment