कश्मीर तनावः सुरक्षाकर्मीले किन गरे सयौँ मानिसलाई पक्राउ - Reporters7

Breaking

Post Top Ad

 


Monday, October 11, 2021

कश्मीर तनावः सुरक्षाकर्मीले किन गरे सयौँ मानिसलाई पक्राउ

EPA

 भारतप्रशासित कश्मीरमा सन्दिग्ध विद्रोहीद्वारा भएका हत्याका घटनापछि सुरक्षाकर्मीले सयौँ स्थानीय बासिन्दालाई पक्राउ गरेका छन्।


पछिल्लो हप्तामा सातजना नागरिकको हत्या भएएपछि त्यसले धेरैमा आक्रोश निम्त्याएको छ।


एक भारतीय अधिकारीले बीबीसीलाई बताएअनुसार पाँच सय जनाभन्दा बढी मानिसलाई पक्राउ गरिएको छ।


प्रतिबन्धित लडाकु समूहसँग सम्बन्ध रहेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको अधिकारीहरूको दाबी छ।

तुलनात्मक रूपमा नयाँ देखिएको एउटा समूहले आक्रमणहरू आफूले गराएको जिम्मेवारी लिएको छ।


सो समूहको दाबी छ- हत्या गरिएका मानिसहरू भारतीय फौजका लागि काम गर्थे।


हत्या गरिएका मानिसमध्ये अल्पसङ्ख्यक हिन्दू र शिख समुदायका दुईजना शिक्षक पनि भएको अधिकारीहरूले बताएका छन्।


मानव अधिकारवादी संस्था ह्युमन राइट्स वाचले शनिवार भनेको थियो- विद्रोहीहरूको आक्रमण र सरकारी फौजको दमनका कारण कश्मीरका मानिसहरू अन्तहीन हिंसाको शिकार भएका छन्। बिबिसी 

No comments:

Post a Comment