साफ च्याम्पियनसिप अन्तर्गत आज नेपालले दोस्रो खेलमा श्रीलंकासँग खेल्दै - Reporters7

Breaking

Post Top Ad

 


Monday, October 4, 2021

साफ च्याम्पियनसिप अन्तर्गत आज नेपालले दोस्रो खेलमा श्रीलंकासँग खेल्दै


 माल्दिभ्समा जारी १३ औं संस्करणको साफ च्याम्पियनसिप अन्तर्गत आज नेपालले दोस्रो खेलमा श्रीलंकासँग खेल्दैछ ।


खेल नेपाली समय अनुसार माले रंगशालामा आजराति पौने १० बजे सुरु हुनेछ । अहिलेसम्म साफको उपाधि जित्न नसकेको नेपालले यस पटक मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको नेतृत्वमा साफको उपाधि जित्ने लक्ष्य बनाएको छ ।


यसैवीच नेपालका कप्तान तथा गोल रक्षक किरण चेम्जोङले जित्ने लक्ष्यका साथ मैदानमा उत्रने नेपालको लक्ष्य रहेको बताएका छन् । पहिलो खेलमा साविक विजेता तथा आयोजक राष्ट्र माल्दिभ्सलाइ १-० ले हराएको नेपाल उच्च मनोबलका साथ मैदान उत्रने छ ।


नेपालले यसअघि भारतको गोवामा भएको साफको चौथो संस्करणको पहिलो खेलमा श्रीलंकालाई ३-२ गोलले पराजित गरेको थियो । आजै पहिलो खेल बंगलादेश र भारतबीच हुँदैछ । नेपालले भने भारतसँग असोज २४ गते महत्वपूर्ण खेल खेल्नेछ ।

No comments:

Post a Comment