लायन्स क्लब अफ पाेखरा समृद्धिद्वारा राहत वितरण - Reporters7

Breaking

Post Top Ad

 


Monday, October 11, 2021

लायन्स क्लब अफ पाेखरा समृद्धिद्वारा राहत वितरण


लायन्स क्लब  अफ पाेखरा समृद्धिको राहत वितरण कार्यक्रम आइतबार  सम्पन्न भएकाे छ ।


कार्यक्रम लायन्स क्लब  अफ पाेखरा समृद्धिका  संस्थापक अध्यक्ष कल्पना श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।


त्यस्तै कार्यक्रममा भक्त बहादुर सुनारलाई नगद रू.६५००/- र खादान्न बितरण समेत गरिएको लायन्स क्लब  अफ पाेखराले जनाएको छ ।


कार्यक्रममा समाजसेवी इमान राज पाैडेलले भक्त बहादुर सुनारकाे एक खुट्टा काटिएको र अर्को खुट्टा पनि पु:न काट्नुपर्ने र कृत्रिम खुट्टा हाल्नुपर्ने  भएकाेले आम जनता सामु सहयाेगकाे अपेक्षा गरेका थिए ।


त्यस्तै लायन्स क्लब  अफ पाेखरा समृद्धिकि सचिव प्रमिला जाेशीले संचालन गरेको कार्यक्रममा पाे.म.न.पा. वडा नं: १९ कि वडा सदस्य तारा परियार , बिन्ध्यस्वोरी  युवा क्लबका पुर्ब अध्यक्ष तथा समाजसेवी विकास आचार्य ,नवसृजनशिल युवा क्लबका  पुर्ब अध्यक्ष तथा समाजसेवी इमान राज पाैडेल , लायन्स क्लब  अफ पाेखरा आदर्शका दितिया उपाध्यक्ष तथा समाजसेवी बिष्णु प्रसाद गाैतम , बिन्ध्यस्वोरी युवा क्लबका सचिव तथा समाजसेवी राम आचार्य लगायतको उपस्थिति रहेको थियाे ।

  

No comments:

Post a Comment