पछिल्लो २४ घण्टामा ६६३ जनामा संक्रमण पुष्टि - Reporters7

Breaking

Post Top Ad

 


Monday, October 11, 2021

पछिल्लो २४ घण्टामा ६६३ जनामा संक्रमण पुष्टि


 पछिल्लो २४ घण्टामा ६६३ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । सात हजार २३३ वटा आरटीपीसीआर परीक्षण गरिएकोमा ६६३ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।


यस्तै, चार हजार ९६२ वटा एन्टीजेन परीक्षण गर्दा १२२ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।


स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९६.८ प्रतिशत रहेको जनाएको छ । पछिल्लो २४ घण्टामा ८८८ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


यसैगरी, पछिल्लो २४ घण्टामा १२ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म ११ हजार २४३ जना सङ्क्रमितले ज्यान गुमाएका छन् ।

No comments:

Post a Comment