बुद्ध एयरको जहाजको ल्यान्डिङमा देखिएको समस्या प्राविधिक कारण नभएको प्रतिवेदनमा उल्लेख - Reporters7

Breaking

Post Top Ad

 


Monday, October 4, 2021

बुद्ध एयरको जहाजको ल्यान्डिङमा देखिएको समस्या प्राविधिक कारण नभएको प्रतिवेदनमा उल्लेख


केहि दिन अगाडी बुद्ध एयरको जहाजको  ल्यान्डिङमा आएको समस्याका सम्बन्धमा नेपाल नागरिक उडड्यन प्राधिकरणलाई सोमबार आन्तरिक प्रतिवेदन बुझाइएको छ । 

विराटनगरमा ल्याण्ड गर्ने क्रममा  जहाजको ल्यान्डिङ गियर नखुलेको विषय प्राविधिक समस्याका कारण नभएको प्रतिवेदनमा उल्लेख  छ । प्राइमरी इन्डिकेटर मधुरो बलेको अवस्थामा चालक दलले तोकिएको प्रोटोकलको पालना गर्नुपर्नेमा त्यसो नगरेको प्रतिवेदनमा जनाइएको छ । 


त्यस्तै  ल्यान्डिङ गियर खुलेको देखाउने सेकेन्डरी इन्डिकेटरले स्पष्टरुपमा काम गरेको समेत प्रतिवेदनमा उल्लेख  छ  । 


 सो घटनाका सम्बन्धमा नागरिक उड्डयन प्राधिकरणको प्रतिवेदन भने आउन बाँकी नै छ  । 


No comments:

Post a Comment