कोजाग्रत पूर्णिमासम्म सार्वजनिक गाडी जुनसुकै रुटमा पनि चल्न पाउने - Reporters7

Breaking

Post Top Ad

 


Thursday, October 7, 2021

कोजाग्रत पूर्णिमासम्म सार्वजनिक गाडी जुनसुकै रुटमा पनि चल्न पाउने


आज आश्विन २१ गते देखि सार्वजनिक सवारीहरू जुनसुकै रुटमा पनि चल्न पाउने भएका छन् ।

चाडपर्व नजिकिए संगै यात्रुहरुको भिड बढ्न सक्ने भन्दै आजदेखि कोजाग्रत  पूर्णिमासम्म सार्वजनिक गाडी जुनसुकै रुटमा पनि चल्न पाउने भएका हुन् ।

 दशैँका लागि बाहिरिने यात्रुको संख्या बढेसँगै केही दिन यता देशका बिभिन्न सडकखण्डहरुमा   लामो जाम हुने गरेको छ भने सवारीमा केहि बढी भिड समेत देखिने गरेको छ  ।

 यता यातायात व्यवस्था विभागले  सबैभन्दा बढी व्यस्त हुने नारायणघाटदेखि काठमाण्डौसम्मको सडकमा खाद्यान्नलगायतका अत्यावश्यक वस्तुहरूको ढुवानी गर्ने साधन बाहेकका  ठूला गाडी सञ्चालनमा रोक लगाएको बताएको  छ । 

यो सडकखण्ड भएर दैनिक हजारौँ गाडी ओहोरदोहोर गर्ने गर्दछन  ।

No comments:

Post a Comment