बेलघारी बासीद्वारा कार्कीलाइ सम्मान तथा स्वागत - Reporters7

Breaking

Post Top Ad

 


Monday, October 25, 2021

बेलघारी बासीद्वारा कार्कीलाइ सम्मान तथा स्वागत

सागर गिरि,
  

 बेलघारी टोल बिकास समिति छोरेपाटन १७ बेलघारी पोखराले  राजु कार्कीलाई  सम्मान तथा स्वागत गरेको छ । 


अमेरिका बसोबास गर्दै आइरहेका कार्कीलाई उनले समाजलाइ गरेको सहयोगको उच्च प्रशंसा गर्दै  बहुउद्देश्यीय भवनमा एक कार्यक्रमका बिच सम्मान गरेको हो ।


टोल विकासका अध्यक्ष बेद प्रसाद सुवेदीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नारी उत्थान दिदी बहिनी समुहकी  अध्यक्ष सरिता घिमिरेले स्वागत गरेकी थिइन ।



कार्यक्रममा बोल्दै सम्मानित कार्किले टोलको भवन मर्मतको लागि थप १५ हजार सहयोग गर्ने समेत बताएका थिए । 


त्यस्तै कार्यक्रममा बोल्दै तारानाथ पौडेलले कार्कीले गरेको सहयोग सम्मान गर्न योग्य भएको बताएका थिए ।



टोलबासिको उल्लेख्य उपस्थित रहेको उक्त कार्यक्रमको संचाल्न दिपक सुवेदिले गरेका थिए ।


No comments:

Post a Comment