असन्तुष्ट बनेका सर्वोच्चका १४ न्यायाधीशको बैठक बस्दै - Reporters7

Breaking

Post Top Ad

 


Monday, October 25, 2021

असन्तुष्ट बनेका सर्वोच्चका १४ न्यायाधीशको बैठक बस्दै



काठमाडौं- सर्वोच्च अदालतका १४ न्यायाधीशहरुबीचको छलफल आज पनि जारी छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको कदमलाई लिएर असन्तुष्ट बनेका सर्वोच्चका १४ न्यायाधीशको बैठक बसिरहेको हो ।


आइतबार प्रधानन्यायाधीश जबराले नेपाल बार एशोसिएसनका पदाधिकारीहरुसँगको सहमतिमा आज ‘फुलकोर्ट’ बोलाउनुभएको थियो । तर न्यायाधीशहरुको छलफलपछि मात्र ‘फुलकोर्ट’ बैठक बस्ने  वा नबस्ने भन्ने विषयमा थप निर्णय हुने बताइएको छ ।


प्रधानन्यायाधीश जबराले एजेण्डामा छलफल नै नगरी नेपाल बार एशोसिएसनका पदाधिकारीलाई आमन्त्रण गरेर बैठक बोलाएपछि १४ जना न्यायाधीशहरू असन्तुष्ट बन्नुभएकाे थियाे ।

No comments:

Post a Comment