गुडिरहेका बसमा आगलागी - Reporters7

Breaking

Post Top Ad

 


Sunday, October 24, 2021

गुडिरहेका बसमा आगलागी


गुडिरहेका बसमा आज बिहान आगलागी भएको छ । 
पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–१ गजुरीबजारमा गुडिरहेका बसमा आगलागी भएको हो ।

सुर्खेतबाट काठमाडौँतर्फ आउँदै गरेको ना६ख १४७१ नंको यात्रुबसमा एक्कासी आगलागी भएको प्रहरिले जनाएको छ ।

३६ जना यात्रु रहेको बसमा सबै यात्रु सकुशल रहेको र बसमा रहेको सामान भने जलेर नष्ट भएको छ ।

बसको इन्जिनबाट धुँवा निस्किनेबित्तिकै बस रोकेर यात्रुलाई बाहिर निकालेका कारण मानवीय क्षति हुन नपाएको प्रहरीले जनाएको छ । 

No comments:

Post a Comment