पोखरा स्टील फेब्रीकेटर्स एसोसिएसन कास्किको अधिबेशन सम्पन्न - Reporters7

Breaking

Post Top Ad

 


Sunday, October 24, 2021

पोखरा स्टील फेब्रीकेटर्स एसोसिएसन कास्किको अधिबेशन सम्पन्न

 

पोखरा स्टील फेब्रीकेटर्स एसोसिएसन कास्किको साधारण सभा एवं अधिबेशन सम्पन्न भएको छ  ।

प्रदेश सरकारका  भौतिक योजना , सहरी बिकाश एवं यातायात ब्यबस्था मन्त्री कुमार खड्काको प्रमुख आतिथ्यमा एसोसिएसनले आफ्नो १४ औं अधिबेशन एवं २१ औं साधारण सम्पन्न गरेको हो।


 साथै सभाले विश्व प्रसाद कर्माचार्यको नेतृत्व नयाँ कार्यसमिती चयन भएको छ । जसमा प्रथम उपाध्यक्ष बासुदेब पौडेल ,द्वितीय उपाध्यक्ष,बिष्णु आचार्य बास्तोला ,महासचिव भिम प्रसाद आचार्य ,कोषाध्यक्ष सालिकराम बास्तोला ,सचीव टंक चापागाईं,सह कोषाध्यक्ष किरण अधिकारी ,सदस्य शिव गिरी ,किशोर रसाइली , बिशाल नेपाली , गणेश बास्तोला , ज्ञानेन्द्र अधिकारी , तारा बुढाथोकी सहितको टिम चयन भएको छ । 


कार्यक्रममा ग्रील तथा स्टील ब्यबसायी महासंघका अध्यक्ष मोहन कटुवाल , उद्योग बाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष संजिब बहादुर कोइराला, पोखरा उद्योग बाणिज्य संघका उद्योग उपाध्यक्ष गोकर्ण कार्कि ,ग्रील तथा स्टील ब्यबसायी संघ रुपन्देहीका अध्यक्ष तुल बहादुर  सारु , संस्थाका सल्लाहकार दिपेन्द्र बस्ताकोटी लगायतले शुभकामना मन्तव्य राखेका थिए । 

संस्थाका अध्यक्ष ऋषि गिरीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको उद्घाटन सत्र महासचिव बिष्णु आचार्य बस्तोलाले संचालन गरेका थिए भने बन्द सत्र सचीव भिम प्रसाद आचार्यले संचालन गरेका थिए । 

साथै निर्वाचन कार्यक्रम कानुनी सल्लाहकार अधिवक्ता गिता कुमारी लामिछानेको संयोजककत्वमा निवर्तमान अध्यक्ष याम प्रसाद पौडेल एवं पुर्व अध्यक्ष रुद्रलाल श्रेष्ठको सहभागितामा सम्पन्न भएको 

 पोखरा स्टील फेब्रेकेटर्स एसोसिएसन कास्कीका निवर्तमान अध्यक्ष ऋषि गिरीले जानकारी दिए ।

No comments:

Post a Comment