मोटरसाइकल चोरीको आरोपमा स्याङ्जाबाट ४ जना पक्राउ - Reporters7

Breaking

Post Top Ad

 


Tuesday, October 5, 2021

मोटरसाइकल चोरीको आरोपमा स्याङ्जाबाट ४ जना पक्राउ

राम बहादुर रोकाहा / स्याङ्जा 

स्याङ्जा जिल्लाको प्रहरी कार्यालयका प्रहरी कर्मचारीले विभिन्न मितिमा मोटरसाइकल चोरीका आरोपितलाई पक्राउ गरेको छ ।  


वडा प्रहरी कार्यालय वालिङ् स्याङ्जाका प्रहरी निरीक्षक हरि प्रसाद पौडेलको कमाण्डमा खटिएका मातहतको प्रहरी टोलिले विभिन्न मितिमा चोरी भएका मोटरसाइकलहरुको खोजतलास गर्ने क्रममा चोरीमा संलग्न चार जनालाई पक्राउ गरेको हो । 


मोटरसाइकल चोरेको आरोपमा पक्राउ पर्ने रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका-११ का २८ वर्षीय प्रकाश सिन्धौली (सार्की) र वडा नम्बर -१२ का ३४ वर्षीय विष्णु बहादुर नेपाली सहित स्याङ्जा भिरकोट नगरपालिका वडा-२ का २० वर्षीय ज्ञान बहादुर गुरुङ र २० वर्षीय विप्लव श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो ।


 डिएसपी अधिकारीका अनुसार उनीहरुबाट विभिन्न कम्पनीका ७ थान मोटरसाइकलहरु र २ थान स्कुटर बरामद भएको हो । उनीहरुलाई चोरी मुद्दा दर्ता गरि थप अनुसन्धानको निमित्त जिल्ला अदालत स्याङ्जाबाट म्याद थप गरि अनुमती समेत लिएको डिएसपी अधिकारीले बताउनुभयो ।

No comments:

Post a Comment