फेवा बचत तथा ऋण सहकारी संस्थाको आफ्नो २२ औं साधारण सभा सम्पन्न - Reporters7

Breaking

Post Top Ad

 


Monday, October 4, 2021

फेवा बचत तथा ऋण सहकारी संस्थाको आफ्नो २२ औं साधारण सभा सम्पन्न


 फेवा बचत तथा ऋण सहकारी संस्थाले आफ्नो  २२ औ साधारण सभा सम्पन्न गरेको छ  । 

पूर्ण स्वास्थ्य मापदण्डका साथ् संस्थाले ५ दिनको अवधि लगाएर आफ्नो साधारण सभा सम्पन्न गरेको हो । 

सोहि कार्यक्रमका बीच सहकारीले  उत्कृष्ट ऋणीमा सूर्य प्रसाद भण्डारी र सकुन्तला गुरुङ्ग, शोभा गुरुङ्ग  सहकारीका जेष्ठ नागरिक गोपाल गिरी, उत्कृष्ट सदस्य राज कुमार जलारी, उत्कृष्ट निक्षेप कर्ता जागृत कुमार पौडेल  र रीता अधिकारी चरी र उत्कृष्ट कर्मचारीमा हिरादेबी कार्की लाई नगद, दोसल्ला, मायाको चिनो र सम्मान – पत्रले सम्मान गरेको छ । 

गण्डकी प्रदेशका  भूमि ब्यबस्था, कृषि तथा गरिबी निवारण मन्त्रालय सहकारी रजिस्ट्रार कार्यालयका रजिस्ट्रार उदय बहादुर पराजुलीको प्रमुख अतिथिमा सम्पन्न कार्यक्रममा सदस्य किरण बैंध बिजुक्छेले सहकारीका सात सिद्धान्त बाचन गरेका थिए । 

त्यस्तै कार्यबाहक अध्यक्ष  तथा साधारण सभा मुल आयोजक समितिका संयोजक सम्मर बहादुर श्रेष्ठ को अध्यक्षतामा सम्पन्न कार्यक्रममा  कोषाध्यक्ष शेर काजी गुरुङ्गले स्वागत स्वागत मन्तव राखेका थिए  । 

No comments:

Post a Comment