मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको विश्वासको मतको प्रस्ताव माथि आज मतदान हुँदै - Reporters7

Breaking

Post Top Ad

 


Wednesday, October 27, 2021

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको विश्वासको मतको प्रस्ताव माथि आज मतदान हुँदै


वागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको विश्वासको मतको प्रस्ताव माथि आज मतदान हुँदैछ । त्यसका लागि आज दिउँसो १ बजेका लागि बागमती प्रदेशको प्रदेशसभा बैठक बोलाइएको छ ।


गत बिहीबार बसेको प्रदेशसभा बैठकमा विश्वासको मत माथि छलफल भएको थियो । त्यसपछि प्रदेशसभा सचिवालयले बुधबार दिउँसो बस्ने बैठकमा मतदान गर्ने कार्यतालिका बनाएको हो ।


बागमती प्रदेशको मुख्यमन्त्री बनेको एक सातामै मुख्यमन्त्री शाक्य अल्पमतमा पर्नुभएको थियो । बागमती प्रदेशमा हाल १०९ प्रदेशसभा सदस्य कायम रहेका छन् । बहुमतका लागि ५५ सदस्य चाहिन्छ ।

No comments:

Post a Comment