आंफुले गर्दैनगरेको अभद्र व्यवहारको आरोप लगाई सुनियोजित ढंगले फसाउन खोजियो : खतिवडा - Reporters7

Breaking

Post Top Ad

 


Friday, September 17, 2021

आंफुले गर्दैनगरेको अभद्र व्यवहारको आरोप लगाई सुनियोजित ढंगले फसाउन खोजियो : खतिवडा

  



आश्विन १, पोखरा |  करिब १ हप्ता पछी  प्रहरी हिरासतबाट छुटेका  व्यवसायी युवराज खतिवडाले असन्तुष्ट व्यक्त गरेका छन् । 

आँफुलाई विना जानकारी र बिना गल्ति प्रहरीले हिरासतमा लिएको भन्दै सामाजिक संजाल मार्फत उनले असन्तुष्ट व्यक्त गरेका हुन्  ।


आँफुलाई सामान्य भेटघाट छ भनेर लएर  हिरासतमा राखिएको उनको आरोप छ  ।   उनले भनेका छन् : ''म  खाना खादै थिए। उहाहरुले सामान्य भेटघाटका लागि सर संग भेटन जान अनुरोध गर्नुभयो।  मैले प्रहरीको अनुरोधलाई सहजै स्वीकारे र म जिल्ला प्रहरी कार्यालय गए।  त्यो दिन मलाइ हिरासतमा राखियो तर किन राखियो भन्ने बिसयामा म अन्योलमा नै भए। भोलिपल्ट मात्र थाहा भयो मालाई अभद्र ब्यबहारमा मुद्धा चलाउने तयारि गरिएको रहेछ। ''


आंफुले गर्दैनगरेको अभद्र व्यवहारको आरोप आफुलाई लगाइएको उनको दाबी  छ ।  ''प्रहरी साथीहरुले उक्त स्थानमा आफुहरु अनुगमनमा जादा मैले उहाहरुलाई अभद्र ब्यबहार गरेको भन्नुभएको रहेछ तर मलाइ उहाहरुले भेट्नुभएको नै छैन। यदि मैले अभद्र ब्यबहार नै गरेको भए त्यतिबेलानै त्यहि स्थानबाट मलाइ पक्राउ गर्नुपर्थ्यो।'' उनले भनेका छन्


जग्गा धनि अरुनै र भाडामा लिएर  संरचना बनाइ व्यवसायीक लाभ लिने अरु नै  तर डोजर भाडामा पठाउने आफुलाई पक्राउ गरेको प्रति असन्तुष्टि जनाउंदै उनले आफुलाई सुनियोजित रुपमा फसाउन खोजिएको दाबि उनले गरेका छन् ।


खतिवडालाई पोखराको लेकसाइड खहरेस्थित फेवातालको किनारमा आफ्ना डोजर तथा ट्रिपर प्रयोग गरेर माटो हाली पुरेको आरोप प्रहरीले लगाएको थियो। यो संगै प्रहरीले  आफ्ना प्रहरी क्रमचारी माथि अभद्र व्यवहार गरेको आरोपमा उनलाई पक्राउ गरेको थियो 


अभद्र ब्यबहार गरेको आरोपमा पक्राउ परेका उनलाई जिल्ला अदालात कास्कीको आदेशमा २ लाख रुपियाँ धरौटी राखेर हिरासतमुक्त गरिसकेको  छ।


उनको भनाइ जस्ताको तस्तै :


No comments:

Post a Comment