एमसीसी सम्बन्धमा यस्ता छन् प्रधानमन्त्री देउवाका रणनीति - Reporters7

Breaking

Post Top Ad

 


Saturday, September 11, 2021

एमसीसी सम्बन्धमा यस्ता छन् प्रधानमन्त्री देउवाका रणनीति


 प्रधानमन्त्री शेरबहादुर देउवा पहिले मन्त्रिपरिषद् विस्तार गरेर अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे निर्णयमा पुग्ने तयारीमा रहेको उनी स्रोतले जानकारी दिएको छ ।


एमसीसी परियोजना, सरकार विस्तार, संसद् सञ्चालन, बजेट अध्यादेश र बजेट प्रतिस्थापन विधेयकका विषयमा छलफल गर्न शुक्रबार बसेको सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्रीले पहिले मन्त्रिपरिषद् विस्तार गर्ने संकेत गरेका हुन् ।


त्यसका लागि प्रधानमन्त्री देउवाले गठबन्धन आबद्ध दलका शीर्ष नेताहरूसँग आआफ्नो दलबाट मन्त्री बन्नेहरूको नाम मागेका छन् ।


‘प्रधानमन्त्री पहिले मन्त्रिपरिषद्लाई पूर्णता दिने सोचमा पुग्नुभएको छ, आइतबार या सोमबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने र त्यसपछि एमसीसीका विषयमा छलफल गर्ने गरी उहाँ अघि बढ्नुभएको छ,’ बैठकमा सहभागी एक नेताले राजधानीसँग भने ।


कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले गठबन्धन आबद्ध दलको बैठकमा सरकार विस्तार, संसद् सञ्चालन, बजेट अध्यादेश र बजेट प्रतिस्थापन विधेयकका विषयमा छलफल भएको जानकारी दिए ।


बैठकमा प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिन ढिला भएको भन्दै छिटो मन्त्रीको नाम दिन गठबन्धनका नेतासँग आग्रह गरेको राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिइन् ।


कांग्रेस नेता मीन विश्वकर्माले एमसीसीको विषयलाई दफाबार छलफल गरेर टुंग्याइनुपर्ने बताए । ‘एमसीसीका विषयमा दफाबार छलफल हुनुपर्छ, पोका देखाएर यसमा यो छ भनेर अनुमान गरेर हुँदैन, बृहत् छलफल गरिनुपर्छ, प्रधानमन्त्री पनि मन्त्रिपरिषद् विस्तारपछि एमसीसीमा टुंगोमा पुग्ने गरी अघि बढ्नुभएको छ,’ विश्वकर्माले थपे  । ​ राजधानी दैनिक

No comments:

Post a Comment