जिउँदै मान्छे पुरेको आरोप लागेका सभामुख सापकोटाको पेसि संबैधानिक इजलासमा - Reporters7

Breaking

Post Top Ad

 


Wednesday, September 1, 2021

जिउँदै मान्छे पुरेको आरोप लागेका सभामुख सापकोटाको पेसि संबैधानिक इजलासमा

 

भाद्र १६, जिउँदै मान्छे पुरेको आरोप लागेका सभामुख अग्नि सापकोटाको मुद्दा सम्बन्धमा आज संबैधानिक इजलासमा पेसि तोकिएको छ ।

 सशस्त्र द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको हत्यामा संलग्न भएको आरोप उनिमाथि लागेको छ  । 

२०६२ वैशाखमा अपहरणमा परेका लामालाई जिउँदै पुरेको भन्दै लामाकी श्रीमती पूर्णिमायाले २०६४ सालमा जाहेरी दिएकी थिइन ।

 प्रधान न्यायाधीश चोलेन्द्र समशेर जबरा अध्यक्ष रहेको संवैधानिक इजलासमा सुनुवाइको पेसी तोकिएको हो । उक्त इजलासमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा छन् ।


No comments:

Post a Comment