युवा बौद्ध संघद्वारा आफ्नो रजत उत्सव सम्पन्न - Reporters7

Breaking

Post Top Ad

 


Tuesday, September 21, 2021

युवा बौद्ध संघद्वारा आफ्नो रजत उत्सव सम्पन्न

  


पोखरा , नदीपुर पोखरा स्थित  युवा बौद्ध संघले आफ्नो रजत उत्सव तथा २६ औ बार्षिक उत्सव  सम्पन्न गरेको छ  ।

संघले बार्षिकोत्सवको सो अवसर पारी स्मारिका बिमोचन समेत गरेको  छ । 


भौतिक पूर्वाधार मन्त्रि कुमार खडका प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष सुदिप प्रधानाङ्गले गर्नुभएको थियो । 


कार्यक्रममा संस्थापक अध्यक्ष उत्तममान बुद्धाचार्य संगै  भूतपूर्व  अध्यक्षहरु विक्रम बुद्धाचार्य,रञ्जन बुद्धाचार्य, राकेशमान बुद्धाचार्य, विनोद शाक्य, प्रकाश उदास,विमल उदास,सन्देश उदास,सकेन्द्र ताम्राकार तथा अध्यकोषदाताहरु इच्छामान बुद्धाचार्य, सरीता गुभाजु प्रविण बुद्धाचार्य लगायतलाई सम्मान गरिएको संघले जनाएको छ  । 


संथाका सचिव कमला थापाले संचालन गरेको उक्त कार्यक्रममा उद्योग वाणिज्य संघ उद्योग तर्फका उपाध्यक्ष गोर्कण कार्की, धर्मशीला बुद्ध विहार दायक सभाका अध्यक्ष गोविन्द ताम्राकार, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्द राज मुल्मी, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्वतमान उपकुलपति डा.बुद्धि बहादुर थापा,पोखरा महानगरपालिका वडा नं ३ का अध्यक्ष रविन्द्र बहादुर प्रजु,संस्थापक अध्यक्ष एंव स्मारिका संयोजक उत्तममान बुद्धाचार्य,भुपू अध्यक्ष विमल उदास,उपाध्यक्ष डा.विनिता बज्राचार्य,सह–सचिव सुमन शाक्य लगायतले आफ्नो भनाइहरु राख्नुभएको थियो ।

No comments:

Post a Comment