स्याङ्जामा भएको जिप दुर्घटनामा परी छ जना घाइते - Reporters7

Breaking

Post Top Ad

 


Tuesday, September 21, 2021

स्याङ्जामा भएको जिप दुर्घटनामा परी छ जना घाइते


 स्याङ्जामा सोमबार साँझ जिप दुर्घटना हुँदा छ जना घाइते भएका छन्  ।  

चापाकोट नगरपालिका वडा नम्बर  ७ पाङ्लुङ्गबाट हरिनास गाउँपालिका ६ क्याक्मी जाँदै गरेको जीप पाङ्लुङ्गमा दुर्घटना हुँदा छ जना घाइते भएका हुन्  । 

प्रहरीका अनुसार ग २ च १३५९ नम्बरको जीप सडकबाट करिव १ सय मिटर तल तल खसेको थियो   ।

घाइते हुनेहरुमा रामपुर ४ का ३७ वर्षीय खुम बहादुर क्षेत्री,  पाल्पा, रामपुर ५ की ५२ वर्षीय ज्ञानुमाया राना, १८ वर्षीय सरिता मानन्धर र ३७  वर्षीय विना थापा रहेका छन्    ।

त्यस्तै  स्याङ्जा हरिनास गाउँपालिका ६ का जीप चालक  बर्ष २२ का अशोक कुमार मानन्धर र सहचालक बर्ष  ३० का तीर्थ नारायण मानन्धर रहेको प्रहरीले जनाएको छ  ।

दुर्घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ  ।

No comments:

Post a Comment