रमेश र बिज्ञानको स्वरमा एकल गीत “कस्तो मन रैछ” सार्वजनिक - Reporters7

Breaking

Post Top Ad

 


Tuesday, September 14, 2021

रमेश र बिज्ञानको स्वरमा एकल गीत “कस्तो मन रैछ” सार्वजनिक

 

रमेश सार्थक र बिज्ञान न्यौपानेको स्वर रहेको माया प्रेम संग सम्बन्धित एकल गीत “कस्तो मन रैछ” सार्वजनिक भएको   छ ।


उक्त गीतमा शब्द ,संगीत कृष्ण बस्यालको रहेको छ । कृष्ण बस्याल को शब्दमा सजिएका अरु चर्चित गित बन्की चरी,सिमलैमा मैना आदि सार्बजनिक भएका छन् ।


“सर्त ” नामको एल्बम बाट गीत संगीतमा लागेका रमेश सार्थकको यो भने दोश्रो गीत हो । बाग्लुङ को जैमिनी नगरपालिका ७ जैदिमा जन्मिएका सार्थक लोक दोहोरिमा भिज्दै गरेका कलाकार हुन ।  


यता गायन छेत्रमा प्रवेश गरेका अर्का गाएक बिज्ञान न्यौपानेको भने यो गीत पहिलो हो । माया प्रेम मा आधारित गीत कृष्ण बस्यालको आधिकारिक युटुब च्यानलबाट सार्बजनिक भएको हो ।  स्टुडियो :सारङ्गीमा रेकर्ड गरिएको उक्त गीतको एरेन्ज भने कुमार सिन्जाली मगरले गरेका छन् ।


गितको भिडियोमा रमेश सार्थक र बिज्ञान न्यौपानेको अभिनय रहेको छ भने मादलमा माधब ज्ञवाली र मुरलीमा बरिष्ठ शंकर रहेका छन् ।



No comments:

Post a Comment