बस र ट्रक एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु ,२४ जना घाइते - Reporters7

Breaking

Post Top Ad

 


Tuesday, September 14, 2021

बस र ट्रक एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु ,२४ जना घाइते


  पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा बस र ट्रक एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने २४ घाइते भएका छन् ।


काँकडभिट्टाबाट महेन्द्रनगरका लागि छुटेको सु प्र ०२-००१ नंको यात्रुबाहक बस र ना ६ ख ७१२६ नंको ट्रक नवलपुरको गैँडाकोट–१० , २३ स्मृति पुल नजिक एकआपसमा आज विहान ठोक्किएको थियो ।


जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्व नवलपुरका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार बस सडकबाट १० मिटर तल खस्दा सवार तीन जनाको घटना स्थलमै मृत्यु भएको हो । उहाँका अनुसार मृत्यु हुनेमा दुई महिला र एक पुरुष छन् ।

No comments:

Post a Comment