अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) उपाध्यक्ष सहितको टोली काठमाडौंमा - Reporters7

Breaking

Post Top Ad

 


Thursday, September 9, 2021

अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) उपाध्यक्ष सहितको टोली काठमाडौंमा


भाद्र २४, अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन बु्रक्स नेपालको चारदिने भ्रमणका लागि काठमाण्डौ आइपुग्नुभएको छ । 

नेपाल रहँदा उपाध्यक्ष सुमारको टोलीले एमसीसी सम्झौताका बारेमा  प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको छ  । 


नेपालमा ऊर्जा र सडक पूर्वाधार निर्माण गर्न पाँच सय मिलियन अमेरिकी डलर अर्थात झण्डै ५५ अर्ब रुपैयाँ अनुदान पाउने गरी नेपाल सरकार र अमेरिकी एमसीसीबीच २०७४ भदौ २९ मा सम्झौता भएको थियो । 


यहि बिषयलाई लिएर नेपाली राजनीतिमा बिभिन्न प्रकारका मतमतान्तर देखिएका छन् भने बिभिन्न समूह र प्रतिनिधिले खुलेरै सडकमा बिरोध गरिरहेका छन् । 


एमसीसीलाई लिएर राजनीतिक वृत्तका साथै जनस्तरमा मतान्तर रहेका बेला हुन लागेको यो भ्रमणलाई चासोका साथ हेरिएको छ  । 

No comments:

Post a Comment