व्रत बस्नुका फाइदा र बेफाइदा यस्ता छन् , जानिराखौं - स्वास्थ्य सामाग्री - Reporters7

Breaking

Post Top Ad

 


Thursday, September 9, 2021

व्रत बस्नुका फाइदा र बेफाइदा यस्ता छन् , जानिराखौं - स्वास्थ्य सामाग्री




हिन्दु महिलाहरूको महान चाड हरितालिकाको अघिल्लो दिन आज दर खाने चलन छ । तीजको अघिल्लो दिन दर खाएर भोलिपल्ट व्रत बसी पूजा र नाचगान गर्ने गन्छि । विशेषगरी छोरी चेली तथा दिदीबहिनीलाई घरमा बोलाएर खीर, गुँद, हलुवा, मिठाई, फलफूल लगायत मिष्ठान्न परिकार बनाएर राति अबेरसम्म दर खाने गरिन्छ । मध्य रातमा दर खाएका महिलाले तीजको मुख्य दिन भोलि निराहार ब्रत बसी, भगवान शिवको पूजा आराधाना तथा नाचगान गर्ने गर्छन् ।


तीज हिन्दू नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण चाड हो। यो चाड भाद्र शुक्ल द्धितिया देखि पञ्चमी सम्म ४ दिन मनाइन्छ। तीजमा भगवान शिवको आराधना गरिनुका साथसाथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ।

पश्चिमी संस्कृतिले गाँज्दै गएको नेपाली समाजका लागि आफ्नो रीतिरिवाज, परम्परा, संस्कृति बचाउने पर्व हो । स्वस्थानीले प्रत्येक मानिसलाई इमानदार, कर्तव्यनिष्ठ, अनुशासित, निरपराधी बनाउन प्रेरणा प्रदान गर्छ । 

तीजमा विवाहिता महिलाहरू आफ्नो लोग्नेको दीर्घायुको कामना गर्दै व्रत बसी नाचगान र मनोरञ्जन गर्छन् भने अविवाहिता सुयोग्य वरको आशा राखी व्रत बस्छन्। ब्रतको समयमा महिलाहरूले तीजको ब्रतकथा सुन्ने र समापनमा पूजा लगाई ब्राह्मणब्राह्मणीहरूलाई दान दक्षिणा गर्ने चलन रहेको छ। तीजको व्रत अन्य व्रत भन्दा फरक ढंगले लिइन्छ।

आउनुहोस अब चर्चा गरौँ व्रत बस्नुका फाइदा र बेफाइदाका बारेमा :

फाइदा

 - व्रत बस्दा शारीरिक र मानसिक दुवै फाइदा मिल्छ । आयुर्वेदअनुसार स्वस्थ मानिसले व्रत बस्दा शरीरलाई लाभ हुनुका साथै मन शान्त हुन्छ । 

 -  व्रत बसेकै कारण पाचन प्रणाली बलियो हुनुका साथै शरीरबाट विषाक्त वस्तु बाहिर निस्कन सहयोग गर्छ । 

 -  हप्तामा एक दिन व्रत बस्दा शरीरमा कोलेस्ट्रोलको मात्रा कम हुन्छ । 

-  व्रतले शरीर हलुका बनाउनका साथै मनमा शान्ति र दिमाग तेज हुन्छ । 

-  विकसित देशमा बढी आत्महत्या हुने गर्छ । यसको मुख्य कारण मानसिक विचलन हो । व्रत बस्दा मानिस मानसिक हिसाबले शान्त हुने हुन्छ । उसले धैर्य गर्ने ऊर्जा पनि प्राप्त गर्छ । यसर्थ, व्रत बस्ने - - गरेमा आत्महत्याका घटनामा समेत कमी आउँछ भन्ने विश्वास गर्न सकिन्छ ।

-  मानिसमा आध्यात्मिक धारणाको विकास हुन्छ । जसले जप, ध्यान, योग गर्ने वातावरण सिर्जना गर्दछ र आत्मसन्तुष्टि प्रदान गर्छ । 


बेफाइदा

- व्रत बस्ने संस्कार धर्मसँग जोडिएको छ । यसर्थ, व्रत बस्ने नाममा कतिपयले खानपान पूरै बन्द गर्ने गरेका छन् । यस्तो कार्यले कहिलेकाहीँ स्वास्थ्यमा नकारात्मक असर पर्ने गर्छ ।

- बिरामीले व्रत बस्नु हँुदैन । बसेमा स्वास्थ्यमा झनै जटिलता थपिन्छ । बिरामीले बस्नैपरे कम्तीमा पनि फलफूल, पानीजस्ता पदार्थ खान आवश्यक छ ।

-नियमित व्रत बस्दा बोसोयुक्त कोष पग्लिन थाल्छ । यसकारण धेरै व्रत बस्ने गरेमा शरीरमा आवश्यक तौलको कमी हुन्छ । अन्ततः यसले समस्या निम्त्याउँछ । 

- स्तनपान गराइरहेका महिलाले व्रत बस्नु हँुदैन । साथै, व्रत बसेको वेला कडा शारीरिक परिश्रमसमेत 

गर्नु हुँदैन । एजेन्सी 

No comments:

Post a Comment