१६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा नौजना पक्राउ - Reporters7

Breaking

Post Top Ad

 


Wednesday, September 8, 2021

१६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा नौजना पक्राउ


 भाद्र २३, १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा नौजनालाई प्रहरीले  पक्राउ गरेको छ ।


जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर विष्टले बलात्कारको आरोपमा पञ्चपुरीका डम्बर वादी, गणेश वादी, युवराज शाही, खगेन्द्र भनिने शोभा शाही, बाबुराम पुरी, प्रेम बुढाथोकी, शेरबहादुर सार्की, ओम दर्लामी र प्रेमबहादुर शाहीलाई पक्राउ गरिएको जानकारी दिनुभयो । 


प्रहरीका अनुसार  बलात्कृत बालिकाको चिकित्सकीय परीक्षण समेत पोजेटिभ देखिएको बुझिएको छ  ।


चौकुने गाउँपालिका–७ सुर्खेत घर भई पञ्चपुरी नगरपालिका सुर्खेतमा बस्दै आएकी किशोरीले सोमबार आफूलाई पटक–पटक विभिन्न व्यक्तिबाट ठाउँठाउँमा बलात्कार भएको भन्दै इलाका प्रहरी कार्यालय बाबियाचौरमा उजुरी दिएकी थिइन् ।


 किशोरीको उजुरी अनुसार आफूलाई चकलेट, बिस्कुट, चाउचाउ र पैसा दिन्छु भन्दै फकाएको उल्लेख छ ।

No comments:

Post a Comment