एकै घरका तिनजना गैँडा तस्करी मुद्दामा पक्राउ - Reporters7

Breaking

Post Top Ad

 


Wednesday, September 29, 2021

एकै घरका तिनजना गैँडा तस्करी मुद्दामा पक्राउ

 

एकैपटक तीन दाजुभाइ गैँडा तस्करी मुद्दामा पक्राउ परेका छन् । 

एकै घरका ३ दाजुभाइ सहित चितवन राष्ट्रिय निकुञ्जले मङ्गलबार आठ तस्करलाई सार्वजनिक गरेको छ । 

चार गैँडा मारी खाग बिक्री गरेको ओरोपमा चालु आवको साउन ३२ देखि भदौ १० गतेसम्ममा पक्राउ परेकालाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।


निकुञ्जले सार्वजनिक गरेका अन्य तस्करका आरोपीमा नवलपरासी (बर्दघाट–सुस्तापूर्व) गैँडाकोट–१ बस्दै आएका ३२ वर्षीय गोपाल सारु, धादिङको बेनीघाट रोराङ गाउँपालिका–१ घर भएका वर्ष ३५ का रामकुमार श्रेष्ठ, मकवानपुरको साविक सरीखेत गाउँपालिका–९ घर भएका २९ वर्षीय करण मोक्तान भन्ने करण प्रजा, मनहरि–४ नयाँबस्ती घर भएका २७ वर्षीय सरोज मुक्तान र चितवनको माडी नगरपालिका–७ देवेन्द्रपुरका यादव भन्ने राजन गुरुङ रहेका छन् ।


चारवटा गैँडा मार्न संलग्न भएका १७ मध्ये आठ जना पक्राउ परेका र निकुञ्जले नौ जना अझै फरार रहेको जनाएको छ । 


No comments:

Post a Comment