नेपाली कांग्रेसको अझै ८ जिल्लामा क्रियाशील सदस्यताको विवाद कायमै - Reporters7

Breaking

Post Top Ad

 


Sunday, September 26, 2021

नेपाली कांग्रेसको अझै ८ जिल्लामा क्रियाशील सदस्यताको विवाद कायमै

 

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत पूर्व निर्धारित मितिअनुसार वडा अधिवेशन सम्पन्न भएका जिल्लामा हिजोदेखि गाउँ-नगर अधिवेशन प्रारम्भ भएको छ । काँग्रेसले हालसम्म ६४ जिल्लामा वडा अधिवेशन सम्पन्न गरिसकेको छ ।

पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार वडा अधिवेशन भई अन्तिम मत परिणाम प्राप्त भएका अधिकांश जिल्लामा हिजोदेखि गाउँ-नगर अधिवेशन सुरु भएको छ ।

कांग्रेसको क्रियाशील सदस्यता विवाद टुङ्गिन बाँकी १३ जिल्लामा वडा अधिवेशन सुरु हुन नसकेकोमा हिजो थप ५ वटा जिल्लाको क्रियाशील सदस्यहरुको टुंगो लागेको छ । अब ८ वटा जिल्लामा क्रियाशील सदस्यताको विवाद कायम छ ।

कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको हिजो बसेको बैठकले क्रियाशील सदस्यताको बाँकी विवाद चाँडै टुङ्ग्याएर दशैँ अघिसम्म सबै जिल्लामा पालिकास्तरको अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ । हिमाली जिल्लामा भने मौसमको प्रभावका कारण पूर्वनिर्धारित कार्यतालिकाअनुसार जिल्लाका सबै अधिवेशन सम्पन्न गर्ने कांग्रेसले निर्णय गरेको छ ।

कांग्रेसको वडा अधिवेशन गत भदौ १८ गतेदेखि प्रारम्भ भएको थियो ।

No comments:

Post a Comment