टेम्पोमा स्पिकर बजाउँदै चन्दाको धन्दामा लाग्ने पक्राउ - Reporters7

Breaking

Post Top Ad

 


Saturday, August 21, 2021

टेम्पोमा स्पिकर बजाउँदै चन्दाको धन्दामा लाग्ने पक्राउ

 


पोखरा । पोखराका चोकचोकका व्यापारीहरु कोरोना कहर संगै पसलमा ग्राहक पर्खेर बसिरहेका हुन्थे तर पसलमा ग्राहक भन्दा पनि माग्नेहरुको भिड लाग्ने गर्दथ्यो । 
माग्ने पनि हात मात्र थापेर होइन कि टेम्पो मा स्पिकर लगाएर मन पगाल्ने खालका गित बजाउदै मिर्गौला पिडितको नाम लिदै सहयोगको अपिल गर्ने गर्दथे । 

यसरि मिर्गौला पिडित र अन्य रोगिलाइ सहयोग गर्ने नाममा एउटा समुहनै लागि परेको भेटिएको छ ।   
टेम्पोमा बज्ने गर्दथ्यो –''पाल्पाका ....... मिर्गौला पीडित र आर्थिक अवस्था कमजोर भएको हुँदा उनका लागि आर्थिक सहयोग गरिदिनुहोला ।'' यो संगै ''मरेर लानु के छ र ......'' जस्ता संगीत बजाएर मानिसको मन जित्ने प्रयास गरिन्थ्यो  । 

कास्की पोखरा महानगरका बिभिन्न स्थानहरुमा उनीहरुले ठगिरहंदा त्यसमा जब प्रहरीको नजर पर्यो तब उनीहरु शंकाको घेरामा पर्न थाले  ।  त्यसपछि प्रहरीले पनि उनीहरुको निगरानी बढाउन थाल्यो र पत्ता लगायो कि १० वटा टेम्पु सो कार्यमा  खटिएका रहेछन् ।  जसको सहयोगका लागि भनेर रकम संकलन गरिरहेका थिए त्यसको आधिकारिकता प्रहरीले कहींकतै पनि भेटेन । त्यस लगत्तै उनीहरुलाई प्रहरीले पक्राउ समेत गरिसकेको छ ।

यसरि अनाधिकृत रुपमा सहयोग रकम भन्दै संकलन गर्दै हिड्ने समुहका नाइके झापा विर्तामोड नगरपालिका ९ की ३४ वर्षीया महिला , सोहि ठाउँ वडा नम्बर १ का अर्का ३२ बर्षीय पुरुष र झापा हल्दीबारी गाउँपालिका १ का ४४ वर्षे पुरुषलाइ प्रहरीले पक्राउ गरि थप अनुसन्धान थालेको बताएको छ  ।

No comments:

Post a Comment